काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको पनि उनले बताएका छन ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए । कति समयमा लिन लाग्नुभएको हो भन्ने एक विज्ञासामा उनले भने, यसै दिन भन्ने छैन, कुरा यति हो जति सक्दो जाडै विस्वासको मत लिने विषयमा छलफल भएको छ।’









































