वि.सं.२०८३ वैशाख ७ सोमवार

‘कांग्रेस सुधार अभियान यु-४०’ का ई. भुवन भट्टले गरे डडेल्धुराबाट उम्मेदवारी घोषणा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ई. भुवन भट्टले नेपाली कांग्रेसबाट डडेल्धुरामा चुनाव लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् :

डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने, वर्तमान समयको माग र पदचाप अनुसार मेरो उम्मेदवारी रहनेछ । नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाको साथसहित नेपाली कांग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु । साथै पार्टीले मलाई वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने विश्वास लिएको छु ।

डडेल्धुराका जनताको मन र मत जितेर जनताको सेवक रूपमा काम गर्ने मेरो दृढ संकल्प सहितको इच्छाशक्तिलाई डडेल्धुराका जनताले अत्यधिक मत दिएर मप्रतिको भरोसालाई जीवन्त राख्नुहुनेछ भन्ने विश्वास लिएको छु । जय नेपाल !

भट्ट लामो समयदेखि विधार्थी राजनीतिमा क्रियाशील छन् । डडेल्धुराबाट राजधानी आउने गरिब, जेहनदार विधार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारको व्यवस्था गर्ने र भ्रष्टाचार, व्यतिथिविरुद्ध आवाज उठाउँदै आएका छन् । पछिल्लो समय डडेल्धुरामा २ अर्वभन्दा बढी बजेट रोकिएको विषयमा सरकारलाई खबरदारी गर्ने कार्यको नेतृत्व समेत उनले गरेका थिए । उनले बीई सिभिल इन्जिनियर र वाटर रिसोर्स इन्जिनियरिङमा मास्टर्स गरेका छन् । उनी नेपाली कांग्रेस सुधार अभियान (U-40) मा जोडिएका छन् ।

डडेल्धुरामा रास्वपाबाट ई. सागर ढकाल लड्ने चर्चा छ ।

ranechhap