वि.सं.२०८३ वैशाख ७ सोमवार

दुईपटक पालिका अध्यक्ष जितेका खिमबहादुरलाई एमालेले बनायो स्याङ्जा–२ को उम्मेदवार

khanepani

काठमाडौं । नेकपा एमालेले स्याङ्जा–२ मा दुईपटक पालिका जितेका खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

थापा दुग्धविकास संस्थानको पूर्व प्रमुख समेत हुन् । पालिका अध्यक्ष हुनुअघि उनी एमालेको गण्डकी–काठमाडौं सम्पर्क कमिटीमा रहेर काम गरेका थिए ।

थापाले गत निर्वाचनमा स्थानीय तहको अध्यक्ष पदमा ६७ सय मत ल्याएर निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार माया रानालाई पराजित गरेका थिए । पालिका अध्यक्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर थापा प्रतिनिधि सभाको उम्मेदवार हुने भएका हुन् ।

यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका थिए । उनले एमाले सचिव पद्मा अर्याललाई हराएका थिए । अर्याल यसपटक समानुपातिक तर्फको उम्मेदवार बनेकी छन् । कांग्रेस उपसभापति गुरुङको स्याङ्जाको दुबै क्षेत्रबाट नाम सिफारिस भएको छ । कांग्रेसले हालसम्म उम्मेदवार तय गरेको छैन ।

ranechhap