वि.सं.२०८३ असार ११ बिहीवार

पत्रकार सम्मेलनबाट निस्किँदै गर्दा निकोलस भुसाल पक्राउ लगत्तै रिहा

khanepani

काठमाडौं । युवा अभियन्ता निकोलस भुसाल पक्राउपछि रिहा भएका छन् । जिल्ला प्रहरी परिसरको हिरासतमा रहेको बेला प्रहरीले सिसायुक्त खाना दिएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संवाद डबलीमा पत्रकार सम्मेलनमा बाेलेर निस्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेकाे थियाे । गिरफ्तार हुनुअघि भुसालले शक्ति र सरकारबाट हात धुनुपरेका केपी ओली र उनका कार्यकर्ता अझै पनि नचेतेकोले बाराबाट उनीहरु लखेटिन सुरु भएको बताएका थिए ।

“आफ्नो अपराध बोध गरेर आत्मसमिक्षा गर्नुको सट्टा जेन्जी र जनताको परिवर्तनकारी सोचलाई लल्कार्नुले ओली प्रवृत्ति थप पतन हुने बाटो रोजेको प्रष्ट छ, यसमा हामी ‘रामराम’ बाहेक केही भन्न सक्दैनौंं” भुसालले भने ।

ranechhap