वि.सं.२०८३ भदौ १४ आइतवार

विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन

khanepani

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन्।

यस अघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाएका थिए । त्यतिबेला घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक थिए । खड्का र घिसिङबिच विवाद चलिरहेको थियो ।

ranechhap