वि.सं.२०८३ वैशाख १८ शुक्रवार

विशेष महाधिवेशन माग्दै राजन दाहालले भने, ‘अध्यक्षसहित सिंगो केन्द्रीय समितिमा चुनाव गरौं’

khanepani

काठमाडौं । नेकपा माओवादीका नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशन मागेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष चर्किएको बेलामा नेता दाहालले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव अघि सारेका हुन्।

उनले भनेका छन्, ‘तत्काल विशेष महाधिवेशनमा जाऔं। प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गरौं।’

उनले हिम्मत हुनेले ढ्वाङ थाप्ने कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्ने उनको भनाइ छ। उनले जनार्दनलाई लक्षित गर्दै भनेका छन्, थपेका छन्, ‘मान न मान, मै तेरा मेहमान, अब असम्भव ।’

ranechhap