वि.सं.२०८१ फागुन ३ शनिवार

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ । ‘उहाँमा यसअघि छाती, मुटुको समस्या थिएन, ट्राभल हिष्ट्री पनि छैन,’ उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो । कोरोना कम्युनिटी लेभलमा गइसकेको छ ।’

Untitled