वि.सं.२०८३ वैशाख ७ सोमवार

तीन दलबीच दुई बुँदे सहमतिपछि प्रचण्डले भने, ‘अब रास्वपा आफ्नै ढंगले जान्छ’

khanepani

काठमाडौं । नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलबीच दुई बुँदे सहमति भएपछि सदन खुल्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब रास्वपा आफ्नो ढंगले जाने बताए ।

प्रचण्डले भने, ‘अब हाउस खुल्छ । रास्वपासँग हाम्रा मूलभूत विषयमा केही समस्या छैन, तर उहाँहरूका केही अडानका कारणले आफ्नो ढंगले जानुहुन्छ । हामीबीच विमती र आरोप प्रत्यारोप हुँदैन ।’

रास्वपाले तीन दलबीचको सहमतिमा असन्तुष्टि जनाउँदै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राखेको छ ।

ranechhap