काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर २ साता लामो समयदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक सुचारु गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले २ बुँदे सहमतिमा हस्ताक्षर भएको नेपाल प्रेसलाई बताए ।
सहमतिको पहिलोबुँदामा यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने साथै विगतदेखि भिजिट भिसा अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको कानूनी, नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख छ ।
दुई ठूला दलबीचको सहमतिमा रास्वपाका लागि भने हस्ताक्षरका लागि ठाउँ छाडिएको छ । रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको स्रोतले बतायो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान छाडेको छैन ।







































