वि.सं.२०८३ वैशाख ७ सोमवार

मधेस प्रदेशमा बजेटकाे अन्तिम समयमा पनि योजना खुलमखुला खरिद बिक्री भइरहेको माओवादीको दाबी

khanepani

जनकपुरधाम । मधेश प्रदेशका नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले आर्थिक वर्षको अन्तिम समयमा समेत योजनाहरु खुलमखुला खरिद बिक्री भइरहेको बताएका छन् ।

प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले पहिले कर्मचारी र अहिले मन्त्रीहरु नै योजना खरिद बिक्रीमा लागेको बताए ।

उनले भने, ‘पहिले कर्मचारी र निजी सचिवालयमार्फत योजना खरिद बिक्री हुन्थ्यो । अहिले त हेर्दैछु- मेरो क्षेत्रतिर मन्त्रीका भाइहरु चिट्ठी फेर्न दौडादौड गरिरहेका छन्, अन्तिम समयमा पनि ।’

५० लाखसम्मको काम उपभोक्ता समितिमार्फत गर्न पाउने प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित भएको थियो । सो विषयमा उनले भने, ‘आफैं बेचेर खाऊ भनेर छाडिदिएका छौं । संकल्प प्रस्ताव पास गरिदिएका छौं । त्यसको फाइदा उठाइरहेको अवस्था छ ।’

उनले संसदमा बोल्नमात्रै बोल्ने गरेको, तर केही सुनुवाइ नहुने गरेकोमा दुःख व्यक्त गरे ।

सांसद भट्टराईले संसदमा माननीयले उठाएको विषयहरुमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्नेमा सभामुखको ध्यानाकर्षण गराए ।

उनले ‘देशलाई अन्न खुवाउने’ कल्पना गछौं, तर बजेट कृषिमै नराख्ने प्रवृत्ति देखिएको गुनासो गरे ।

‘देशलाई अन्न खुवाउने कल्पना गरेरमात्र हुन्छ ? कृषिमा कति बजेट छ ?’, उनको प्रश्न थियो, ‘अस्ति मन्त्रीज्यूलाई फोन गरेको थिएँ । उहाँले भन्नु भयो– बजेट नै छैन । नारा आकर्षक दिने, तर बजेट नदिने काम गर्न हुन्छ ?’

ranechhap