वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरिने

khanepani

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर फर एक्सिलेन्स’को रुपमा विकास गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।
उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरेर सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजामुखी बनाइनेछ । कार्यसम्पादनको आधरामा गरिने मूल्यांकनलाई वृत्ति विकासमा आबद्ध गरिनेछ ।’

ranechhap