काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले नीति तथा कार्यक्रम दुई दलबीच भएको सात बुँदे सहमति अनुसार नआएको प्रतिक्रिया दिएका छन्।
नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘धेरैठाउँमा गरिनेछ, दिइनेछ भनिएको छ। तर निश्चित प्रतिवाद्धतासहित यो समयभित्र हामी सक्छौं भन्ने प्रतिबद्धतामा कमी पाएँ।’
उनले सात बुँदे सहमतिलाई अलिकति उल्लेख मात्रै गरेको बताए। उनले थपे, ‘सहमति अनुसार अहिलेसम्म जे भयो भयो, अब यसरी जान्छौं भन्ने कुरा छैन। संविधान संशोधनबारे पहिलाजस्तै सहमतिमा गरिने भनिएको छ। तर, ठोस प्रतिबद्धता छैन।’









































