वि.सं.२०८१ चैत ११ सोमवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता, सूर्य चिन्हसहित पहिलो नम्बरमा एमाले

काठमाडौं। वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो ।

आयोगका अनुसार नेकपा एमाले लाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्बरमा दर्ता गरिएको हो । त्यस्तै दोस्रो नम्बरमा दर्ता भएको नेपाली कांग्रेसलाई रुख चिन्ह प्रदान गरिएको छ ।

तेस्रो नम्बरमा दर्ता भएको नेकपा ९माओवादी केन्द्र ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह पाएको छ । त्यस्तै चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र पाँचौं नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ।

त्यस्तै आयोगले निर्वाचनका कूल मतदाताको संख्या पनि टुंगो लगाएको छ। आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।