वि.सं.२०८१ चैत ३ आइतवार

बाबुराम भट्टराईको पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरोइन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्।

पेटको न्यूरो इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु, भट्टराईले ट्वीट गरेका छन्,‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।

ट्युमर चाँडो फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईको भोलि वीर अस्पतालमा शल्यक्रिया हुन थालेको हो ।