वि.सं.२०८१ चैत ११ सोमवार

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए ।

वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था जटिल रहेको संक्रमितको उपचारमा संलग्न डा.उदयनारायण सिंहले बताए ।

युवा अवस्थाका संक्रमितलाई पनि धेरै गाह्रो भइरहेको छ, उनले भने,अक्सिजन लेभल नै मेन्टेन हुन सकिरहेको छैन ।