वि.सं.२०८१ चैत ११ सोमवार

सर्वोच्चको आदेशलाई धोति लगाउदै गरो अख्तियारले स्ट्रिङ अपरेशन

काठमाडौँ । सर्वोच्च अदालतले स्ट्रिङ अपरेशन अवैधानिक रहेको ठहर गर्दै आइन्दा नगर्न भने पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी राखेको छ।

आयोगले मंगलबार डोल्पाबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई रंगेहात पक्राउ गरेको हो।

खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम दिँदा २५ हजार रुपैयाँ घुस लिएकोक अवस्थामा पक्राउ गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद रिसाल भने, ‘आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले निज हसमुल्ला खाँलाई २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुसररिसवत लिइसकेको अवस्थामा उक्त घुसररिसवतसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।’

गत हप्ता संवैधानिक इजलासले भ्रष्टाचार निवारी नियमावली २०५९ को नियम ३० मा रहेको स्ट्रिङ अपरेशन गर्न पाउने प्रावधान संविधानविपरीत रहेको भन्दै खारेज गरेको थियो।

सर्वोच्चले स्ट्रिङ अपरेशनबाट संकलन गरिएका प्रमाणलाई मुद्दामा नलिन भनेको छ।