वि.सं.२०८३ वैशाख १९ शनिवार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त

khanepani

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन्।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो।

निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त रहेको एक सिटमा जेठ ६ मा उपनिर्वाचन हुन लागेको हो।

ranechhap