काठमाडौं । सरकारी लेटरप्याडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पोर्चुगलका पर्यटन दूत रमेश राज बास्तोलालाई सरकारले हटाएको छ ।
मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बिनोद प्रकाश सिंहले बास्तोलाई दूतबाट हटाएको बताए ।
बास्तोलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई दूतबाट हटाएको हो । उनलाई मन्त्रालयले २०८० माघ १३ गते दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको थियो ।
‘रमेशराज बास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम लिखित स्पष्टीकरण सोधिएको थियो ।
निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐनको कार्यविधिको दफा ५ बमोजिम मन्त्री स्तर निर्णयबाट पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको छ,’ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।
पर्यटन दूत बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरेका थिए ।
बास्तोला नेकपा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ पर्यटनमन्त्री भएका बेला पर्यटन दूतमा नियुक्त भएका थिए ।