वि.सं.२०८१ माघ २६ शनिवार

ट्रम्पले समावेशी कर्मचारीहरुलाई दिए तलबी बिदा

काठमाडौं । सोमबार कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समावेशी कर्मचारीहरुलाई तलबी बिदा दिएका छन् । अमेरिकाको विविधता, समानता र समावेशिताको नाममा दिइएका पदहरुमा कार्यरत कर्मचारीहरुलाई ट्रम्पले बिदा दिएका हुन् ।

बिदा तत्काल लागू हुनेगरी दिइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । समावेशी खण्डमा विभिन्न नाममा जागिर खानेहरुको विपक्षमा थिए ट्रम्प ।

ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो । सोमबारै आफ्नो शपथग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन, योग्यताको आधारमा काम गर्ने बताएका थिए ।

उक्त घोषणा गरेको केही समयपछि ट्रम्पले समावेशी कर्मचारीहरुलाई बिदा दिएका हुन् । यसरी दिएको बिदापछि के हुने भन्नेमा भने कुनै बताइएको छैन ।

योग्यता प्रणालीबाट छानिएका र समावेशीलाई एउटै डालोमा राखेर काम गराउँदा प्रतिस्पर्धामा प्रश्न उठ्छ भनेर बरु घरमा बसेर तलब खाऊ भन्ने आशयले उनले यो निर्णय गरेका हुन् ।

Untitled