वि.सं.२०८१ माघ २६ शनिवार

छुरा प्रहार गरी युवकको हत्या

मोरङ ।  मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार यादवलाई विराटनगर महानगरपालिका-४ इक्राइका गणेश यादवले छुरा प्रहार गरेर हत्या गरेका हुन् ।

शरीरका विभिन्नि तीन स्थानमा छुरा प्रहार गरिएका अक्लेशको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको हो । छुरा प्रहार गर्ने गणेश फरार छन् । अक्लेश विराटनगर महानगरपालिका-४ इक्राईका आफ्ना ठुलोवुवा रामलोचन यादवकी छोरीको विवाहमा पाहुना आएका थिए ।

विवाह सकिएर घर फर्केन क्रममा उनलाई गणेशले छुरा प्रहार गरेर फरार भएको बस्नेतले बताए । उनीहरुबीच केही दिन पहिला मोवाइलका निहुँमा विवाद भएको पाइएको प्रहरीको भनाई छ ।

Untitled