17, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेललाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणाम

बागमती भ्वाइस
बागमती भ्वाइस
२० बैशाख २०८१, बिहीबार १२:०३ | २ हफ्ता अगाडी

काठमाडौं । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

२० बैशाख २०८१, बिहीबार १२:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading