17, May, 2024

अन्तिम खेलमा गण्डकी प्रदेशलाई २-० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट

बागमती भ्वाइस
बागमती भ्वाइस
२० बैशाख २०८१, बिहीबार १२:१७ | २ हफ्ता अगाडी

सुर्खेत । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २-० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ ।

बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली तेस्रो हुँदै लिगमा छनोट भएको हो ।

कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ खेलबाट कर्णालीले १२ अंक जोड्दा मधेशले १० अंकमात्रै जोड्यो ।

गण्डकीविरुद्ध कर्णालीलाई जित दिलाउन कर्णालीकी वर्षा वलीले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाइन् ।

खेलको ३०औं मिनेटमा सबिनाले गोल गर्ने राम्रो मौका गुमाइन् । उक्त अवसर गुमाएको २ मिनेटभित्र नै कर्णालीका लागि वर्षाले दायाँतर्फबाट गरेको असिस्टमा सन्जिता बोम्जोनले दोस्रो गोल गरिन् ।

पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्दा कर्णाली पहिलो पटक महिला लिगमा छनोट भएको हो ।

यसअघि नै कोशी र सुदूरपश्चिम प्रदेश क्रमश: पहिलो र दोस्रो हुँदै महिला लिगका लागि छनोट भइसकेका छन् ।

कोशी ६ खेलमा ५ जित र एक हारसहित अपराजित रहँदै १६ अंक र सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित र एकमा हारसहित १२ अंकका साथ छनोट भएको हो ।

सूदुरपश्चिम र लुम्बिनी प्रदेशबीच आज बिहीबार हुने दोस्रो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।

२० बैशाख २०८१, बिहीबार १२:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading