वि.सं.२०८३ वैशाख २० आइतवार

आइएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

khanepani

काठमाडौ । काठमाडौ आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको हो।

उक्त लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।

बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ कायम हुनेछ।

ranechhap