22, Jul, 2024

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पाए सहायकरथी गौरवकुमार केसीले

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १४:३३ | ३ महिना अगाडी

काठमाडौ‌ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ ।

उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको हो ।

२९ चैत्र २०८०, बिहीबार १४:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading