14, Jun, 2024

प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुन्छौँ’

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १४:४२ | २ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने वातावरण बन्दै गएको दाबी गरेका छन् ।

माओवादी केन्द्र कोशी प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवादी मोर्चामा सहभागी दलहरुबीच चाँडै एकताबद्ध हुने बताए ।

उनले भने, माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ । हामी सबै एक ठाउँमा हुनेछौँ ।

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले बताए । आफूले नेतृत्व गरेको सरकारको कामले जनतामा सकारात्मक आशा जागेको जिकिर गरे ।

२९ चैत्र २०८०, बिहीबार १४:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading