20, Jun, 2024

मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार १८:२४ | २ महिना अगाडी

काठमाडौँ । पोखरामा रहेको मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धप्राप्त उक्त कलेजलाई कारबाही गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो ।

दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले बढी शुल्क लिएको विषयमा मन्त्रालयमा गुनासो गरेका थिए । उक्त गुनासोपछि शिक्षा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा लिन विश्वविद्यालयले प्रतिविद्यार्थी छ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर, कलेजले प्रति विद्यार्थी २८ हजार ८०० रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले मन्त्रालयमा उजुरी दिएका थिए । उक्त उजुरीपछि शिक्षा मन्त्रालयले आवश्यक छानबिन गरी समस्या समाधानको पहल लिन काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डीनलाई पत्र पठाएको हो ।

मन्त्रालयले डीन कार्यालयलाई पत्र लेखेर बढी शुल्क लिने कलेजलाई कारबाही गर्न भनेको हो ।

२८ चैत्र २०८०, बुधबार १८:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading