काठमाडौँ । आम जनता पार्टी (आजपा)ले १५ केन्द्रीय सदस्य थप गरेको छ । यही चैत २५ गते काठमाडौँस्थित पार्टी केन्द्रीय मुख्यालयमा बसेको पदाधिकारी बैठकले १५ केन्द्रीय सदस्य थप गरेको हो ।
भाईकाजि सापकोटा, राजन दाहाल, मनोज तिमल्सीना, अम्बर सुनवार, बलभद्र अचार्य, रोहन बुडा मगर, भरत कुमार श्रेष्ठ, केवी सागर, ईश्वर क्षेत्री, रुपेश योञ्जन, तेजेन्द्र महत, शिशिर राजथला, मैना तामाङ, भरत प्रसाद साह र लुमडि सापकोटा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।
यस्तै बैठकले नेताहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । ज्ञानेन्द्र तामाङलाई उपाध्यक्षको जिम्मेवारी तोकिएको छ । यस्तै धनकुमारी मगरलाई उपमहासचिव, नारायण पाण्डेयलाई सचिव र सुनिता साह (क्रान्ति)लाई स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै महासचिव त्रिभुवन साहलाई मधेस प्रदेश इन्चार्ज र सुधिर यादवलाई अग्रगामी धारका विभिन्न पार्टीहरूसँग वार्ता संवादको जिम्मेवारी तोकिएको छ ।








































