12, Apr, 2024

राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री शाहले बोलाए दलको आकस्मिक बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १८:४५ | १ हफ्ता अगाडी

धनगढी । पदबाट राजीनामा दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् ।

यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाहले दलको बैठकपछि प्रदेश प्रमुख नजिर मियाँ कहाँ राजीनामा दिन लागेका हुन् ।

दलको बैठकमा सहभागी एक जना सांसदले आकस्मिक रूपमा बैठक बोलाएको बताए । यसअघि कांग्रेस संसदीय दलको बैठक बिहान बसेको थियो । तर त्यस बैठकमा निर्णय गर्ने अधिकार दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई दिइएको थियो ।

२२ चैत्र २०८०, बिहीबार १८:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading