12, Apr, 2024

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा आज जिल्ला अदालत काठमाडौंले गर्ने भनेको फैसला टर्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १८:५५ | १ हफ्ता अगाडी

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्धको बलात्कार मुद्दामा आज जिल्ला अदालत काठमाडौंले गर्ने भनेको फैसला टरेको छ । मुद्दाको अन्तरवस्तुमा न्यायाधीश नै अल्मलिएपछि बहस नोट पेश गर्न आदेश दिएका छन् ।

न्यायाधीश गिरीकी पत्नी आरतीले पतिविरुद्ध सुरुमा जिल्ला अदालत कपिलवस्तुमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उक्त मुद्दाको फैसला नआउँदै उनले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा हालिन् । दोस्रो मुद्दामा उनले आफूहरुको सम्बन्धविच्छेदको मुद्दा अदालतमा चलिरहँदा कोठामा आएर गिरीले बलात्कार गरेको दाबी गरेकी छन् ।

कानूनअनुसार कुनै पनि श्रीमानले श्रीमतीको इच्छाविपरीत जबरजस्ति यौन सम्बन्ध राखेको खण्डमा वैवाहिक बलात्कार मानिन्छ । तर, दुईजनाको सम्बन्धविच्छेदको मुद्दा दायर भइसकेको अवस्थामा जबरजस्ति सम्बन्ध राखेमा त्यो बलात्कार हुन्छ । आरतीले श्रीमानमाथि दुवै मुद्दा हालेकी छन् ।

न्यायाधीश भुषाल वैवाहिक बलात्कारको मुद्दा चल्दा चल्दै आरतीले फेरि बलात्कारको मुद्दा किन हालिन् भनेर स्पष्ट हुन सकेका थिएनन् । यस विषयमा सरकारी वकिलले प्रष्ट्याउने प्रयास गरेका थिए । उनको कुरा सुनिसकेपछि न्यायाधीश भुषालले लिखित बहस नोट पेश गर्न आदेश दिएका हुन् । दुवै पक्षबाट बहस नोट प्राप्त भइसकेपछि पेशी तोकिने छ ।

२२ चैत्र २०८०, बिहीबार १८:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading