08, Oct, 2024

यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १२:१५ | ६ महिना अगाडी

यूएई । यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘ समर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो ।

एक्सचेन्जले केन्द्रिय कार्यालय आबुधावीमा बुधबार पत्रकार सम्मेलन गर्दै यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना मार्च २८ तारिखदेखि जुलाई २५ सम्म सन्चालन गरिनेछ । यस् अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गरिने छ ।

यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । यस् अवधीमा हरेक महिना इलेक्ट्रोनिक ड्र गरिने छ । सोही अनुसार अप्रिल महिनामा ८ ग्रामका दरले ८ जना र ४ ग्रामका दरले २५ जनाले सुन उपहार पाउने छन । त्यस्तै मे महिनामा ८ ग्रामका दरले ९ जनालाई र २५ जनालाई ४ ग्रामका दरले उपहार प्रदान गरिने छ भने जुनमा ८ जनालाई ८ ग्रामका दरले र २५ जनालाई ४ ग्रामका दरले सुन उपहार प्रदान गरिनेछ ।

त्यस्तै जुलाई महिनामा मेघा लक्की ड्र गरिने छ । जुलाई ३१ मा दुबईमा हुने मेघा लक्की ड्र मा ५ जनालाई ५ वटा निसान सनीको कार सहित अर्को एक जनालाई आधा किलो सुन प्रदान गरिने एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले जानकारी दिए ।

अल अहलिया एक्सचेन्जले गएको ११ वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका दुई वर्ष अफर ल्याउन नसकिएपनि गएको बर्षबाट ग्राहक लक्षित योजना सुरु गरेको एक्सचेन्जका वरिस्ठ बजार प्रमुख सन्तोष नाएरले बताए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याएको एक्सचेन्जका नेपाल प्रमुख बेनिमाधव ढकालको भनाइ छ ।

यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उनले आग्रह गरेका छन् । यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाएका थिए ।

त्यस्तै सन् २०१३ मा सोही कम्पनीले चलाएको योजनामा अर्का एक नेपाली राम बहादुर कटुवालले एक लाख दिराम (झन्डै ३६ लाख रुपैयाँ) नगद उपहार पाएका थिए । एक्सचेन्जले सन् २०२० मा चलाएको विन्टर प्रमोसनमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सिता पाण्डेले झन्डै ५० लाख रुपैयाको उपहार पाएका थिए ।

सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने मध्येको एक ठुलो कम्पनी हो ।

२२ चैत्र २०८०, बिहीबार १२:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading