12, Apr, 2024

सरकारले वन्यजन्तु आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्नुपर्छ – सांसद तामाङ

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १५:२० | १ हफ्ता अगाडी

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरूको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

सांसद तामाङले सो सम्बन्धी समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दबाब दिए । उनले सरकारले आरक्ष पीडितहरूको समस्या समाधानका लागि गम्भीर नभएको र जनप्रतिनिधिको रूपमा आफूहरूले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने,‘म विनम्रतापूर्वक सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरूको समस्या छिटोभन्दा छिटो समापन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोत सम्पन्न बनाई पठाइयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’

सांसद तामाङले देशहरूका आरक्ष पीडितहरूले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाए ।

२१ चैत्र २०८०, बुधबार १५:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading