12, Apr, 2024

चैत २८ गते तोकियो राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको मिति

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार १५:११ | १ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको मिति तोकिएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले चैत २८ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको बताए ।

आजको बसेको राष्ट्रियसभाको बैठकमा नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचनको सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन समेत दिए । सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर, नेकपा एकीकृत समाजवादीले पनि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो ।

अहिले एमाले र नेकपा एस दुवैले राष्ट्रियसभाको उपाध्यक्ष आफैंले पाउने दाबी गर्दै आइरहेका छन् ।

२१ चैत्र २०८०, बुधबार १५:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading