27, Apr, 2024

गृहमन्त्री लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा प्रहरी हटाइयो

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १७:०३ | ४ हफ्ता अगाडी

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ ।

गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो । हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए । तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको उनले बताए ।

यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए ।

१६ चैत्र २०८०, शुक्रबार १७:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading