29, Apr, 2024

फिनिसिङमा चुक्दा नेपाल ‘ए’ २१ रनले पराजित

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १६:५१ | १ महिना अगाडी

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

२२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए । लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।शेख अर्धशतक बनाउन चुके ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

१६ चैत्र २०८०, शुक्रबार १६:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading