बंगलादेश । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौ जना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् ।
विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् ।
सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थिए । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो ।
चरमपन्थी संगठनले हसिनाले भाषण गर्ने कलेजमा दुई बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थिए र त्यसलाई निस्क्रिय बनाएको थिए ।
सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थिए । यससँगै हसिना अहिले प्रधानमन्त्रीको चौथो कार्यकाल चलाइरहेकी छिन् ।









































