वि.सं.२०८३ वैशाख १७ बिहीवार

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासकोे प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

khanepani

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए ।
अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ, उनले भने,‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

ranechhap