29, May, 2024

जसपा नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
३ चैत्र २०८०, शनिबार १३:२३ | २ महिना अगाडी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ ।

आज दिउँसो १ बजे विभागको कार्यालयमा बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको तयारीका बारेमा छलफल गरिने छ ।

जसपाको आगामी जेठ २८ गतेदेखि सुरु हुने महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समितिले काम थालेको जनाउँदै महाधिवेशन धनुषामा हुने तय भएको प्रमुख बस्नेतले बताए ।

३ चैत्र २०८०, शनिबार १३:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading