काठमाडौं । राष्ट्रिय सभाको दुई समितिको सभापति पदमा मनोनयन दर्ता भएको छ। आज राष्ट्रियसभा निवयमावलीको नियम १५० को उपनियम (२ं) अनुसार उम्मेदवारी दर्ता भएको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले बताए।
उनका अनुसार संघीय सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमल पन्तले उम्मेदवारी दर्ता गराएका छन्। शेर्पा र पन्त दुवै एमालेका हुन्।
शेर्पाको प्रस्तावक गोपीबहादुर सार्की आछामी रहेका छन् भने समर्थकमा इन्दिरादेवि गौतम र दुर्गा गुरुङ रहेकी छन्। यस्तै पन्तको प्रस्तावक नारायण दत्त रहेका छन् भने समर्थकमा शारदा देवी भट्ट रहेका छन्।








































