वि.सं.२०८३ भदौ १६ मंगलवार

प्रचण्डले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति गरिरहेको भने

khanepani

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।

शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो,’ उनले भने ।

प्रा.डा. सूर्य सुवेदीसँऊ नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे आफूले सहयोग मागेको बताउँदै प्रचण्डले एमसीसी सम्झौतामा पनि उनको मध्यमार्गी विकल्पलाई लागू गरिएको बताए ।

लोकार्पणमा प्रा.डा. सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरेका थिए ।

ranechhap