19, May, 2024

त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर नयाँ तालिका सार्वजनिक गर्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
३ चैत्र २०८०, शनिबार ११:५१ | २ महिना अगाडी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि शुक्रबार निकालेको परीक्षा तालिका सच्चाउँदै नयाँ तालिका सार्वजनिक गरेको हो ।

त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको थियो ।
विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको थियो ।

तर, २०८० सालको क्यालेन्डरमा चैत ३१ गते नभएपछि चौतर्फी आचोलना भएको थियो । आज त्रिविले उक्त परीक्षा तालिका सच्याउँदै माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा २ गतेलाई सारेको छ ।

३ चैत्र २०८०, शनिबार ११:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading