29, May, 2024

जनमत पार्टीको बैठक वीरगन्जमा , नौलो गणतन्त्रको बारेमा छलफल हुँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
३ चैत्र २०८०, शनिबार ११:४३ | २ महिना अगाडी

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु भएको छ । बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले बताए ।

जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा पनि बैठकमा छलफल हुने उनले बताए । नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा।सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।

‘नौलो गणतन्त्र किन रु’ भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा समेत बनाएको छ । सो पर्चाका बारेमा छलफल गरी भोलि वीरगन्जमा वितरण गर्ने कार्यक्रम पनि राखिएको छ । साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा गर्ने बताइएको छ ।

जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी छैन । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यसको प्रतिवेदन पनि प्राप्त भइसकेको छ । बैठकले त्यस बारेमा पनि छलफल गर्ने उपाध्यक्ष कुशवाहाले बताए ।

३ चैत्र २०८०, शनिबार ११:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading