वि.सं.२०८२ जेठ १० शनिवार

रामेछापको नगरपालिका वडा नं ९ टार गाउँमा भिषण आगलागी

रामेछाप । रामेछापको नगरपालिका वडा नं ९ टार गाउँमा भिषण आगलागी भएको छ ।

बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै घरहरु जलेर नष्ट भएको हुन सक्ने वडाअध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामी भर्खरै घटनास्थल पुगेका छौँ । घटनास्थल हेर्दा आगलागीबाट १० वटा भन्दा बढी घर जलेर नष्ट भएको हुन सक्ने अनुमान छ ।

नेपाली सेना,डिभिजन वन कार्यालयमा अग्नी नियन्त्रक टोली र स्थानिय आगो नियन्त्रणमा खटिएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।