29, May, 2024

प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने : राजेन्द्र पाण्डे

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १६:५८ | २ महिना अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् ।

संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारबाट बाहिरिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।

‘मैले प्रधानमन्त्रीलाई स्पष्टै भनेको छु, तपाईंले बोलेका कुराहरु पूरा गर्नुभएन भने असार ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नू ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’

उनले प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसकिने दोहोर्‍याए ।

१ चैत्र २०८०, बिहीबार १६:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading