18, May, 2024

कांग्रेसले सम्भव भएसम्म जुनसुकै दलसँग सहकार्य गर्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार १८:३० | २ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसले नयाँ राजनीतिक समीकरण बनेपछि आफू नेतृत्वको सरकार जोगाउन र सम्भव हुने ठाउँमा नयाँ बनाउनेबारे छलफल थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशलाई दिने सहमति भएको कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए ।

एकल सरकार बन्ने स्थिती नभएको ठाउँमा केन्द्रको परामर्शमा अन्य दलसँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताए । उनले एमाले माओवादी गठबन्धनमा रहेकाबाहेक अन्य दललाई सहकार्य गर्न आग्रह गर्ने बताए ।

आजको बैठकमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीका प्रदेश सभापति र संसदीय दलको नेताहरु सहभागी थिए ।

२९ फाल्गुन २०८०, मंगलवार १८:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading