29, May, 2024

मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार १८:२० | २ महिना अगाडी

काठमाडौं । मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ,एन्फा कार्यसमिति केन्द्रिय सदस्य मनिष जोशी, सरिला श्रेष्ठ, मणिराज विष्ट, पुरुषोत्तम थापा लगायतले टोलीको बिदाइ गरे ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मलेसिया विरुद्ध मैधीपूर्ण खेल र बहराइन विरुद्ध हुने विश्वकपक छनोटको दुई खेलका लागि नेपाली टोली पनि घोषणा गरेका छन् । जसमा ६ नयाँ अनुहार छन् ।

नेपाली टोली

गोलकिपर स् किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर स् अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ,सौभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डर स् भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड स् अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट

मुख्य प्रशिक्षक स् भिनसेन्जो अल्बर्टो एनेस

प्रशिक्षक स् प्रवेश कटुवाल

गोलकिपिङ प्रशिक्षक स् विनोद डंगोल

टेक्निकल स्टाफ स् मनिष तिम्सिना

म्यानेजर स् उत्तम भण्डारी

फिजियो स् लोकेन्द्र कुँवर

२९ फाल्गुन २०८०, मंगलवार १८:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading