14, Dec, 2024

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउने र पार्टीलाई एकढिक्का हुने अवसर प्राप्त भयाे: शंशाक कोइराला

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार ११:३१ | ९ महिना अगाडी

नवलपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍. शंशाक कोइरालाले गठबन्धन टुटेर सिंगो कांग्रेस एकढिक्का हुने अवसर प्राप्त भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउने र पार्टीलाई एकढिक्का बनाउने अवसर प्राप्त भएको बताए ।

उनले भने–‘राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन । कांग्रेसले अब पार्टी सङ्गठन बनाउछ । पार्टीभित्रका सवै साथीहरूलाई एकढिक्का बनाउछ ।’

उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउदै बेइमानीको राजनीति धेरै समय नटिक्ने बताए । उनले भने–‘केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन ।’

२९ फाल्गुन २०८०, मंगलवार ११:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading