वि.सं.२०८२ जेठ १० शनिवार

घट्यो अमेरिकी, अष्ट्रेलियन डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ४० पैसा र बिक्रीमा ८७ रूपैयाँ ८० पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६० पैसा र बिक्रीमा ८७ रूपैयाँ ९९ पैसा तोकिएको थियो।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १७० रूपैयाँ ४९ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रूपैयाँ २० पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ०७ पैसा तोकिएको छ।