18, May, 2024

जनकपुरधामको सिटी स्टार होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार ११:४५ | २ महिना अगाडी

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।

उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामनन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डिएसपी अवाले बताए ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

२९ फाल्गुन २०८०, मंगलवार ११:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading