29, Apr, 2024

बागमती सरकारबाट बाहिरिंदै कांग्रेस, आजै ६ मन्त्रीले राजीनामा दिने

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १२:२७ | १ महिना अगाडी

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

केन्द्रमा माओवादी केन्द्रले काङ्ग्रेससङ्गको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेपाली कांग्रेसका ६ जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

बागमती प्रदेशमा१२ वटा मन्त्रालयहरु मध्ये कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । कांग्रेसबाट २०७९ चैत २६ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुरसिंह लामा र खानेपानी तथा सिंचाई मन्त्रालयमा तीर्थबहादुर लामा मन्त्री बनेका थिए । यस्तै २०८० जेठ ७ गते वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी मन्त्री नियुक्त भएका थिए ।

जेठ ७ मै बिनाविभागीय मन्त्री बनेका रामकृष्ण चित्रकारले भदौ १७ गते मात्र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

मन्त्री लामाद्वय विदेश भ्रमणबाट फर्किएसँगै हेटौंडा आउँदै छन् ।

२३ फाल्गुन २०८०, बुधबार १२:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading