14, Dec, 2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए संसदीय दलको बैठक,आगामी रणनीतिबारे छलफल हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १२:३१ | ९ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

भोलि बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको सचेतक सुशीला थिङले बताइन् । बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने उनले बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । तर, अहिले कांग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप बढाइरहेको छ ।

२३ फाल्गुन २०८०, बुधबार १२:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading